काठमाडौ, १४ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेताहरुलाई गाली गरेर समाज भत्काउन खोजिएको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले एकथरि मान्छेहरुले बुढाहरु चाहिँदैन, प्रौढहरु चाहिँदैन भनेर समाज भत्काउन खोजिएको बताएका हुन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्रीलाई विदा गरौं भन्ने आशयका अभिव्यक्तिहरु सार्वजनिक भइरहेका छन् । त्यसतर्फ लक्षित गर्दै उनले कार्यकर्तालाई पनि यो भनाइको खण्डन गर्न आग्रह गरे ।
प्रचण्डले परिवर्तन नरुचाउनेहरुले अनेक बहानामा वृद्ध नेताहरुलाई निषेध गर्न खोजेको आरोप लगाए छन ।
Post Views: 10