पत्रकार महासंघको अधिवेशनबाट निर्वाचित ६ महिला

काठमाडौं । आइतबारदेखि सुरु भएको नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा सचिव सहित ६ पदमा महिला र्निवाचित भए जसमा सृजना अर्याल, लक्ष्मी पुन, मीरा राजभण्डरी, मधु शाही, श्वेता सिन्हा र जानुका बराल छन ।
अधिवेशनबाट गोविन्द आचार्य अध्यक्षमा निर्वाचित भए भने आचार्यले निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालालाई १ सय ५ मतको अन्तरले हराएका हुन ।
यसैगरी खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर विजयी भएका छन् । महासचिवमा रमेश विष्ट त्यसैगरी सचिवमा खुलातर्फ रामप्रसाद दाहाल र महिलातर्फ लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेशीबाट शीलतप्रसाद महतो, दलितबाट रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा विजयी भएका छन् ।
कोषाध्यक्ष पदमा राजेश मिश्र लेखा समिति संयोजक रोशन पुरी, सदस्यहरुमा मीरा राजभण्डरी र भुपेन्द्र आचार्य विजयी भएका हुन् ।
पत्रकार महासंघको केन्द्रीय सदस्यमा ४७ जनाको कार्यसमिति र ३ सदस्यीय लेखा समितिको चयनको लागि निर्वाचन भएको थियो । जसबाट कार्यसमितिमा ५ जना महिला अर्थात् १० प्रतिशत र १ जना लेखा समितिमा निर्वाचित भएका हुन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *