कबड्डी ४ फिल्म बन्द गर्न र फुर्वा लामालाइ रिहाइको माग गर्दै के.एल टावरमा आन्दोलन,पोष्टरमा समेत लगाईयो आगो

नायिका मिरुना मगरले आफ्नो संवेदनशील अंगमा छोएको भन्दै आइतबार काठमाडौंको सिभिल मलमा एक दर्शकलाई थप्पड हानिन् । मुगुका फुर्वा लामामाथि मिरुनाले हात मात्र हालिनन्, प्रहरीको जिम्मा पनि लगाइन् । फुर्वा अहिले प्रहरीको हिरासतमा छन् ।

अब, यो घटनाले नयाँ मोड लिन थालेको छ । आज बिहान काठमाडौंको के.एल टावर अगाडि फिल्म प्रदर्शन रोक्न र फुर्वा लामालाई रिहाई गर्न माग गदै आन्दोलन भएको छ ।

साथै, उपस्थित केही व्यक्तिहरुले फिल्मको पोष्टर समेत जलाएका थिए । उनीहरुले, फुर्वा निर्दोष भएको भन्दै मिरुनाले माफी माग्नुपर्ने माग समेत राखेका छन् ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *