बलेफी गाउँपालिकामा नवनिर्वाचित उपाध्यक्ष सरु लामा तामाङद्वारा पदभार ग्रहण गरेकी छन् ।
सोमबार पद बहाली गर्दै उनले बलेफी गाउँपालिकालाई समृद्ध र सुखी बनाउने सुनौलो अवसर प्राप्त भएको बताइन् ।
‘जनताले जुन आशा र भरोसका साथ अमूल्य मत दिएर विजयी गराएकोमा कृतज्ञता दिँदै सम्पूर्ण कर्मचारीहरूबाट समेत सकारात्मक साथ सहयोग पाउने आशा गरेको तामाङले भनिन् ।
तामाङ नेपाली काँग्रेसको क्रियाशील सदस्य हुँदै १४ औँ अधिवेशनको क्षेत्रीय प्रतिनिधि समेत हुन् । तामाङ ४३९४ मत प्राप्त गरि बलेफी गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो ।