बलेफीको अध्यक्षमा गंगा बहादुर तामाङ(प्रवेश)र उपाध्यक्षमा सरु लामा तामाङ निर्वाचित

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा सम्पन्न स्थानीय तह निर्वाचनमा प्राप्त अन्तिम मतपरिणाम अनुसार प्रमुख पदमा नेकपा माओवादीको तर्फबाट उमेदवार बनेका गंगा बहादुर तामाङ (प्रवेश) ४६६६ मत प्राप्त गरि बलेफी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

यसैगरी उपाध्यक्ष पदमा नेपाली काङ्ग्रेस तर्फबाट उमेदवार बनेका  सरु लामा तामाङ ४३९४ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ । नेपाली काङ्ग्रेसको उमेदवार सुभाष तिमल्सिनाले ४१०५ र नेकपा एमालेको उमेदवार नारायण काजी श्रेष्ठले ३०३८ मत प्राप्त गर्नु भएको छ ।

उपाध्यक्षका प्रतिद्वन्दी नेकपा एमालेका उमेदवार सपना थापाले ३६३३ र गठबन्धनको समाजवादीका उम्मेदवार  डिबि थापाले २४१८ मत प्राप्त गर्नु भएको छ ।

बलेफी गाउँपालिकामा जम्मा ८ वटा वडा मध्ये नेपाली काङ्ग्रेसको तर्फबाट बाट  वडा अध्यक्षका पदमा वडा नम्बर १-२-३-५-७-र ८ मा बिजय हासिल गरेको छ ।

त्येसैगरी वडा नम्बर ४ मा नेकपा माओवादीका उमेदवार सुर्जे तामाङ्ग (जागरण ) बिजय हुनुभएको छ । त्येसैगरी वडा नम्बर ६ मा नेकपा एमालेका उमेदवार तेज बहादुर पराजुली निर्वाचित हुनु भएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *