शनिवार बैशाख १७ गते त्यसैपनि महत्वपूर्ण दिन अर्थात आमाको मुख हेर्ने दिन । विहानको लगभग २ नबज्दै निन्द्र पुगिसकेको थियो । कामको थकान तेहिमाथि छिटो सुत्छु भन्दा भन्दै १२ बजिसकेको थियो । विहान छिटै कतैको यात्रा तय गर्नु थियो किनकी आमाको मुख हेर्ने दिन अलि विशेष योजना पहिले नै बनिसकेको थियो । मनमा कताकता रमाईलोको अनुभुति भने भइरहेको थियो । २ बजे निन्द्रा पुगिसकेको थियो एकैछिन मोबाइल चलाइरहे । मोबाइल चलाउदा चलाउदै २ः२० भइसकेको रहेछ । अब त हिड्ने तयारी गर्नु पर्छ भन्दै सिरकबाट बाहिर आए (ए हैन क्यारे गर्मी छ ब्ल्याङकेट पो होे) अनि साथी रामचन्द्रे (जिस्केर बोलाउने नाम)लाई फोन गरे । अरुबेला मरि फोन लाग्ने त्यो दिन एकै चोटीमा फोन लाग्यो ।
मः ओई रामचन्द्रे उठ् अब तयार हो
रामचन्द्रेः ओके
लगत्तै डाइभरलाई फोन गरेर सोधे हिड्ने बेला भयो ? उताबाट जवाफमा अब निस्किन लागेका छौ सर निस्किेसी हजुरलाई फोन गर्छु । एकैछिनपछि गाडी आयो र साथी रामचन्द्रेलाई फोन गर्दै लागे गाडीतिर । सबैजान जम्मा हुँदै हुँदै विशेष दिन विशेष तरीकाले मनाउन हामी सबै हिड्यौं । तपाईलाई लाग्न सक्छ यतिको कुरा ग¥यो आमाको मुख हेर्ने दिनमा घरतिर नै त होला नि जाना लाग्या त ? तर होइन है !
म तपाईलाई भनि हाल्छु हामी चाँहि चितवनमा रहेको मानव सेवा आश्रम जान लागेका हौं र त्यहिबाट चितवनमै रहेको देवघाटमा पनि । कुरा यतिमा मात्रै सकिदैन नि कति धेरै रमाइलो क्षणहरु छन् ।
योजना कसरी बन्यो म भनिहाल्छु है त, हामी अफिसमा काम गरिरेका थियौ यो हाम्रो दैनिकी नै हो । त्यसैक्रममा साथी दिपकले फोन गर्दै चितवनमा रहेको मानवसेवा आश्रममा सक्षम नागरिक समुहले केहि कार्यक्रमको आयोजना गर्दै छ हामीलाई पनि जाँउ भन्दै हुनुहुन्छ जाम ? सहजै स्विकार्दै यसरी हाम्रो योजना बन्यो ।
विहानको समय लगभग हामी हिड्दा ३ बजेको हुनुपर्छ हामी चितवनको यात्रामा लाग्यौ । सबै जम्मा हुदैजाँदा कलङ्की पुग्दा ४ बजेको थियो । कसैसंग चिनजान नै भएको थिएन । तैपनि कोहि नचिनेको जस्तो लाग्दैन थियो माहोल जम्दै थियो । गफ गर्दै नाच्दै हामी मुग्लिन पुग्यौं । त्यहाँ पुग्दा घडिमा त्यस्तै ७ बजेको थियो । माहोल झन रमाइलो हँुदै थियो । साथी रामचन्द्रे आमालाई फोन गर्दै थियो म पनि ममिलाई फोन गरे र आर्शिवाद लिए । मुग्लिन पुगेर चिया नास्ता खायौं संगै गएका आमाहरु पनि गफिदै हुनुहुन्थ्यो हामी मानव सेवा आश्रममा काम सकाएर देवघाट जानेवालामा थियौ आमाहरु तिर्थस्थल जाने भनेपछि त्यसै दंग । मुग्लिन पुग्दासम्म पानी परीसकेको थियो । खाजा नास्तापछि हामी बाटो लाग्यौं । बाटोभरि पानी परिरहेको थियो मुग्लिनबाट एक घण्टाको यात्रा पछि चितवनको पारस बसपार्कमा पुग्यौ। पानी सिमसिम परिरहेको थियो हामी बसबाट झरेर क्यामेरा निकाल्दै केही फोटो खिच्दै थियौं रमाइलोमा पानीले के छेक्थ्यो र हामीलाई ।
रमाइलो त गर्दै गयौ कसैसंगपनि परिचय भएको थिएन । परिचय चिनजान नभएपनि सबैसंग चिनेजानेको जस्तै रमाइलो भइरको थियो । एकैछिन पारस बसपार्कमा कुनुपर्ने भएपछि परिचयात्मक कार्यक्रम एकैछिनमा सकायौं । सक्षम नागरिक समुहको अध्यक्ष शोभा कार्की , उपाध्यक्ष विकाश प्रजा, सचिव कौशिला बस्नेत लगायत अन्य सबैसंग हाम्रो परिचयात्मक कार्यक्रमपछि हामी लाग्यौ हाकीम चोक हुँदै मानवसेवा आश्रमतर्फ ।
तपाईसंग आश्रमको कुरा भनिहाल्छु है, चितवन मानव सेवा आश्रम करिब आजभन्दा ६ वर्ष अघि स्थापना भएको रहेछ । साच्चै प्राथना गर्ने ओठहरुभन्दा सेवा गर्ने हातहरु पवित्र हुन्छन् । आश्रमका उपाध्यक्ष विनोद ढकालका कुराले हामीलाई केहि भावुक र सेवा गर्नु पर्ने कुराको बोध गरायो । आश्रममा आमाबाहरु दिदिबहिनीहरु, दाजुभाइहरु जो अशक्त, बेशाहारा, मानसिक सन्तुलन ठिक नभएका, कति छोराछोरीले हेरचाहा नगरेका सबै किसिमका हुनुहुन्थ्यो । आश्रमका उपाध्यक्ष विनोद ढकाल र उहाँको टिम प्रति हार्दिक नमन साच्चै यो महान विचार र कामलाई उच्च सम्मान गदर्छौ । आमाको मुख हेर्ने यो विशेष दिनमा सक्षम नागरिक समुह र अन्य सहयोगी मनहरुको सहयोगमा खाना तथा सामाग्री वितरण कार्यक्रम राखिएको थियो । केहि समयको कार्यक्रम पश्चात केही फोटो भिडियो बनाउँदै फेरिपनि सहयोग गर्ने बाचा सहित हामी आश्रमबाट विदा भयौ । हामी फकिर्दै गर्दा आश्रममा भएका आमाबाहरु दिदिबहिनीहरु, दाजुभाइहरु परसम्म चिहाइरहेका थिए । हामी आश्रमबाट निस्किदा लगभग १२ बजेको थियो आमाहरु गाडीमै बसिराख्नुभएको थियो देवघाट जानेभएपछि आमाहरुलाई १२, १ बजे सम्म पनि कुनै भोक नै थिएन । झन हामीलाई त आश्रम भित्रको दृश्य र आश्रम उपाध्यक्ष ढकालको कुराले भोक लागेकै थिएन ।
विस्तारै हामी लाग्यौ देवघाट तर्फ । आमाहरु एकदमै हर्सित भई रमाइरहेका थिए हामी पनि संगसगैं रमारहेका थियौं । अश्रमबाट ३०,४० मिनेटमा हामी देवघाट पुग्यौ । घाटको किनारमा गाईहरु यताउता गरिरहेका थिए । पण्डितहरु पुजापाठ गराइरहेका थिए हामी अनि आमाहरुसंगै स्नान गर्ने स्थान तिर जान भनि सबै जम्मा हँुदै थियौ । त्यतिकैमा गाईहरु जुधेरे झन्डै किचेन, एकैछिन भागभाग भयो तर कसैलाई केहि भएन । हामी डुंगा चढेर स्नान गर्ने स्थान तिर लाग्यौ । कोही गफिदै त कोही भिडियो बनाउँदै । आमाहरु स्नान तर्फ लागे भने हामी चाँही मन्दिर दर्शन गर्न तिर लाग्यौ । हामीलाई भोगले लखतरान बनाइसकेको थियो लगभग दुई सवा दुई भइसक्दा समेत केहि खाएका थिएनौ तैपनि त्यो जोश र रमाइलोले भोक बिर्साइ रहेको थियो । दर्शन गर्दै हामी गाडीसम्म आइपुग्यौ । त्यसबेलासम्म कोही कता कता छरिसकेको थियौ भने कोही टिकटक बनाउनमै व्यस्त थिए। रमाइलो कुरा त के भने दर्शन गरेर फर्किदै गर्दा झोलुङगे पुलमा बाइकहरु गुढने भएकोले पुल हल्लिदा आमा दिदिहरु रुनु पर्ने अवस्थासम्म आएको थियो रे ।
एकएक गर्दै सबैजना गाडीमा जम्मा भयौ र विस्तारै हामी फर्किने निधो ग¥यो । यति बेलासम्म सबैजनालाई भोकले सताइसेकेको थियो । कति त भोकले बोल्न समेत झर्को मान्ने भइसकेका थिए । फर्किदै गर्दा खाना खाने सल्लाह भयो तर कता खाने ? कोहि मुग्लिनमा खाने भन्दै थिए त कोही मुग्लिनसम्म भोक खप्न नसक्ने बताइरहेका थिए । सबैको सल्लाहमा रामनगरमा खाना खाने निधो ग¥यौ । खाना खाँदासम्म लगभग ४ बजिसकेको थियो । खाना खाइसकेपछि कोही एकछिन आराम गर्न थाले भने हामीचाहिँ बालापनको अनुभव गर्दै पिङ र ढिकिच्यायु खेल्न थाल्यौ । यतिकैमा गाडीको हर्न बज्यो हामी सबै गाडी भएको तर्फ लाग्यौ र गाडी अगाडी बढ्यो । खाना नखाने बेलासम्म बोल्न समेत झ्याउ मान्नेहरु खाइसकेपछि त उहि जोशले उर्फिन, नाच्न र दोहोरी खेल्न थाले । कोही भने गाडीमै निदाउन थाले तर के सुत्न दिनु यसो निदाउन खोज्यो कि पानी खनाईदि हाल्थे । मुग्लिन हुँदै अगाडी बढिरहदा साँझले झपक्कदै छोपिसकेको थियो पानी पनि झमझम परिरहेको थियो तर जोश, जागँर, नाचगान भन उस्तैे, कोहि निदाइसेका थिए । यतिकैमा समय गएको पत्तै भएन कति छिट्टै नागढुंगामा पो आइसेकेछौ ।
विस्तारै गाडी अघि बढिरहेको थियो । सबैको आफ्नो आफ्नो गन्तव्य पनि नजिकिदै थियो । सबैजना एक एक गरि छुट्टिदै थियौे । यतिकैमा हाम्रो पनि गन्तव्य आइपुगेको पत्तै भएन । फेरि यसरी नै सहकार्य गर्ने प्रतिवद्धताका साथ दिनभरिको केहि रमाइलो, केहि भावुकता सहितको यादगार पललाई मनमा राख्दै हामी पनि सबैलाई विदा माग्दै छुट्टियौ ।
One Reply to “यात्रा स्मरणः केही भावुक, केही यादगार”
यात्रालाई वयान गर्दा प्रयोग भएका शब्द चयनले सहयोगी मनहरुलाई थप उर्जाशिल बनाउने अपेक्षा सहित dynamickhabar.com लाई विशेष धन्यवाद !!!