तिनजुरे जलजले क्षेत्रमा पर्यटकको भिड

वैशाख ४ काठमाडौं।
तिनजुरे मिल्के जलजले क्षेत्रमा पर्यटकको भिड लागेको छ।

लालीगुराँस नगरपालिका–१ स्थिते तिनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फूलेपछि पर्यटकको चहलपहल बढेको हो।

इलाका प्रहरी कायाृलय वसन्तपुरका इञ्चार्ज रुपेश तामाङको अनुसार वैशाख १ गते नयाँ वर्षमा अनुमानित २५ हजार आन्तरिक तथा बाह्य पर्यटकले तिनजुरे क्षेत्रको भ्रमण गरेको जनाएको छ।

छिमेकी जिल्ला सङ्खुवासभा, भोजपुर, पाँचथर, धनकुटा सँगै पूर्वी तराईका जिल्ला सुनसरी, मोरङ, झापाका साथै भारतको विहार लगायतका स्थानका पर्यटक आएको बताएका छन्।

चैतको दोस्रो सातायता तीनजुरे क्षेत्रमा गुराँस फुल्न थालेपछि जिल्ला बाहिर बाट दैनिक पाँच हजार पर्यटक तीनजुरे क्षेत्र आउने गरेको होटल व्यवसायी सङ्घले जनाएको छ।

तिनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार वसन्तपुर बजारमा रहेको चोत्लुङ पार्क, तिनजुरे क्षेत्रमा पर्ने आरआर गार्डेन, पाभीभरा मन्दिर, तिनजुरे पिक, पाँचपोखरी, गुफापोखरी क्षेत्रमा फुलेका गुराँस हेर्ने पर्यटकको भिडले गुल्जार बनेको जनाएको छ।

गुराँसको राजधानी टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस पाइने गरेको छ। भने उक्त क्षेत्रमा साढे १० करोड बजेटको संरचना निर्माण गरिएको नयाँ सहर आयोजना कार्यालय वसन्तपुरका प्रमुख सुदीप झाले बताएका छन्। जसमा आरआर गार्डेन परिसरमा पिकनिक स्पट, शौचालय, ओपन थिएटर निर्माण गरिएको जनाएको छ।

पूर्वधार निर्माण र प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पछि तिनजुरे क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यमा उल्लेख्य बृद्धि भएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *