वैशाख २ काठमाडौं।
हिमाल आरोहणका लागि ७ सय आरोहीले अनुमति लिएका छन्।
यस वसन्त ऋतुमा ७ सय आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ।
पर्यटन विभागका अनुसार यस सिजनका लागि सर्वाधिक अनुमति सर्वोच्च शिखर सगरमाथाका लागि आएको जनाएको छ।
सगरमाथाका लागि कुल ३० समूहका २ सय ९७ आरोहीले अनुमति लिएका छन्। भने कुल हिमालमा ८५ समूहका ७ सय आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ।
विभागकाे अनुसार अमादब्लम आरोहण गर्न ६ समूहका ७० जना, मकालु प्रथममा ८ समूहका ५४ जना, कञ्चनजंघामा २ समूहका २२ आरोहीले अनुमति लिएको जनाएको छ।
कुल २५ हिमालमा अनुमति जारी ८ हजार मिटर माथिका अधिकांश हिमाल चढ्न अनुमति जारी भएको तथ्यांक रहेको विभागले जनाएको छ।
आज बुधबार सम्म जारी अनुमतिपत्र बाट पर्यटन विभागले ७५ करोड ५८ लाख रुपैयाँ बराबर रोयल्टी संकलन गरेको विभागले जनाएको छ।
यसमध्ये सगरमाथा बाट मात्र ६५ करोड २६ लाख रोयल्टी संकलन भएको र हिमाल आरोहणका लागि जारी अनुमति मध्ये धेरैजसो आरोही चीन, युरोप र अमेरिका बाट रहेको विभागले जनाएको छ।
चीनका ८९, अमेरिका ७१, जर्मनी ५५, भारत ४९, बेलायत ४८, रुस ४५ र क्यानडाका ३० आरोहीले अनुमति लिएको विभागले जनाएको छ।