सुनको मुल्य एक लाख नाघ्यो

काठमाडौंः सुनको मूल्य पुनः एक लाख नाघेको छ। आइतबार ८०० रुपैयाँले छापावाल सुनको मूल्य बढेको हो। शुक्रबार तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बढेर तोलाको १ लाख ३ सय पुगको छ ।

गत शुक्रबारका तुलनामा तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनका तुलनामा ५ सय बढ्दा शुक्रबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँ थियो।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ। आइतबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँ भएको छ। १० रुपैयाँ बढ्दा गत शुक्रबार प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *