ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या दुई पुग्यो

८ वैशाख, काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

महानगरीय प्रहरी परिसर, जावलाखेलका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा अर्का घाइतेको पनि मृत्यु भएको हो । घटनामा भारत, पश्चिम चम्पारमका ४५ वर्षीया बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो भने घाइतेमध्ये मृत्यु हुनेमा भारत घर भइ हाल ललितपुर–१८ बस्दै आएका २५ वर्षीय राजुकमार महतोको पनि मृत्यु भएको हो ।

बिहीबार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विष्फोट भएको थियो ।

 

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *