काठमाडौं । कालीकोटमा भरुवा बन्दुक पड्किदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँडाचक्र नगरपालिका–११, जिम्जेडी बस्ने ४० वर्षीय अमराज शाही रहेका छन्।
सिकार खेल्न गएको अवस्थामा शाहीले बोकेको भरुवा बन्दुक पड्किएर आफैँलाई गोली लागेको हो । उनलाई उपचारका लागि जिल्ला अस्पताल मान्मतर्फ लैजाने क्रममा बाटोमै मृत्यु हो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटबाट खटिएको प्रहरीले उक्त घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
Post Views: 180