काठमाडौँ – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले नेपालीलाई दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने कोरियन नागरिक पक्राउ परेका छन्। ठगीको आरोपमा पक्राउ पर्नेमा कोरियन नागरिक ७३ वर्षीय रे सी जङ रहेका छन्
जङ ओके कन्सल्टेन्सीका सञ्चालक हुन। उनले नेपालीलाई कोरिया पठाइदिन्छु भनी ठगी गरेको उजुरीपछि सीआइबीले काठमाडौँको महांकालबाट पक्राउ परेको हो।
उनलाई थप अनुसन्धान र कारबाहीको लागि सीआइबीले महानगरीय वृत्त गौशालालाई बुझाएको छ।