नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) मा अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ।
बुधबार बिहान प्रचण्डलाई भेट्न नेपाल उनको निवास खुमलटार पुगेका थिए। उनीहरूबीच समसामयिक राजनीतिक विषयवस्तुबारे कुराकानी भएको बताइएको छ। सरकारको नेतृत्व गरिरहेको कांग्रेसले एमसिसी संसदमा टेबल गर्न दबाब दिइरहेको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र यो विषयमा एकमत छैन।
यसअघि सत्तारूढ गठबन्धनका नेताहरू छलफल गर्न प्रधानमन्त्रीको निवास बालुवाटारमा जाने गर्थे। बुधबार नेपाल प्रचण्डलाई भेट्न उनकै निवासमा पुगेका हुन्।
Post Views: 8