२४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु

२२ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु हुँदा १ हजार ७१४  जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ५१३ नमुना परीक्षण गरिएको थियो ।  पछिल्लो २४ घण्टामा चार हजार ७७१ जन संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ५२ हजार ७८० संक्रिय संक्रमित छन् । जसमध्ये ५१ हजार ४३४ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३४६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २५१ जनाको आईसीयू र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *