खोई मेरो भविष्य कता छ ?

बाहिर सुनसान छ, सडकहरु खाली छन
आपतकलिन बाहेक सबै बन्द छन
अनि म भने घरको झ्यालमा तोलाइ
एउतै प्रश्न गर्दैछु,
खोई मेरो भविष्य कता छ ?

बल्ल बल्ल केही भिडहरु देख्छु
सेतो पन्जा अनि रङ्गी बिरङ्गी मास्कहरुमा
केही कार्यलयरहरु खुले पनि
तर पनि मेरा यि कलम, किताब अनि कापिहरु निदाइ रहेका छन
यी निदाएका कलम, किताब अनि कापीहरुलाई झकझक्याउदै सोध्ने गर्छु
खोई मेरो भविष्य कता छ ?

डरको पोल्ता बोकि बाहिर निस्किन्छु
हात मिलाउने अनि अङ्गालो हाल्ने साथिहरु सङ्ग परै बस्छु
रमाइला कुराहरु भन्दा पनि कोरोनाको अवस्थाहरु बुझ्छु
अनि फेरि सोध्न थाल्छु पर बसेका साथीहरुलाई
खोई हाम्रो भविष्य कता छ ?

कोइ कोइ साथिहरुले आवाज पनि उथाए
हाम्रो पढाइ हाम्रो भविष्य सुनिस्चित गर भनेर
केहीले हो मा हो पनि लगाए
तर हाम्रो बिदम्बना भनौ या यो देशको
हाम्रो देशका अभिभावक भने मौन नै छन
अनि म भने उहीँ झ्यालमा बसि एउतै प्रश्न गर्दैछु
खोई मेरो भविष्य कता छ ?

खोलियो साधनहरु, खोलियो पसल अनि बेवसाइक कार्य
तर खोइ शिक्षण क्षेत्र कता छ
न झकझकाएको पनि होइन
र पनि सरकार भने मौन नै छ
यो खोप लगाउ, त्यो खोप लगाउ
सरल रुपमा पाइएन
जसो तसो भर्चुअल बाट पढियो
क्षमता भने स्थिर नै छ ।।
खोइ मेरो भविष्य कता छ ?
खोई हाम्रो भविष्य कता छ ?

:- साहिल कायस्थ

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *