गीति संग्रह ‘कलाका अन्तर्मन’ कला सेरेङको कविता सार्वजनिक

काठमाडौं ७ फागुन ।
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले कवि तथा गीतकार कला सेरेङको कविता तथा गीति संग्रह ‘कलाका अन्तर्मन’ कृति सार्वजनिक गरेका छन्।

दुई दशकदेखि कर्मथलो हङकङमा बस्दै आएकी सेरेङको यो पहिलो कृति हो । पुस्तकभित्र ११५ शीर्षकका गीत तथा कविता छन्। नेपालको वनपाखा, गाउँघर, सर्वोच्च शिखर सगरमाथा, बाबुआमा, पुर्खाले सिंचेको मातृभूमिप्रतिको माया, मायाप्रीतिका शब्द उनिएका छन्। उनले परदेशमा रहँदा घरदेशको सम्झनालाई विषयवस्तु बनाएकी छन्।

 

पुस्तकबारे बोल्दै कुलपति राईले सेरेङको कविताबाट ऊर्जा मिल्ने बताए । कला, साहित्यले देशमा परिवर्तन ल्याउन सक्ने भन्दै उनले कविताले मानिसलाई रुवाउन र हँसाउन सक्ने बताए । कार्यक्रममा कवि तथा लेखिका कला सेरेङले आफ्नो अनुभव र भोगाइलाई पस्किन खोजेको बताइन्।

 

कविताले नेपाली साहित्य क्षेत्रमा एउटा इँटा थप्ने काम गरेको भन्दै उनले साहित्यलाई निरन्तरता दिने बताइन्। डायस्पोरामा रहेर मातृभूमि नेपालको मायाले गर्दा मनका भावना साहित्यमा उतारेको उनको भनाइ छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *