अनेरास्ववियूको प्रथम स्थायी कमिटिको बैठक, नेताहरुको आगामी योजना र संगठन बिस्तार गर्ने निर्णय

१६ असोज, काठमाडौं। अनेरास्ववियूको प्रथम स्थायी कमिटिको बैठक सम्पन्न भएको  छ। बैठकका प्रमुख अतिथि नेकपा एकिकृत समाजवादीका उपमहासचिव तथा कर्णाली प्रदेशका माननीय प्रकाश ज्वाला थिए।  बैठकलाइ सम्बोधन गर्दै उनले प्रतिगमनका मतियार केपी ओलीको गलत रबैया, तानाशाहा प्रवृतिको विरुद्ध आफुहरुले विद्रोह गरेको साथै देशभरि आफ्ना नेता कार्यकर्ता उत्साहका साथ आफ्नो पार्टिमा लागेको पनि बताएका थिए।

बैठकलाई नेकपा ऐकिकृत समाजवादीका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले भर्चुल माध्यमबाट शुभकामना दिए साथै उपहासचिव डा.विजय पौडेलले पनि सम्बोधन गरेका थिए। 

बैठकमा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले एमालेको भैरहेको विधान सम्मेलनलाई कमल थापा र उनका भाइहरुको भोज खाने र खुवाउने समारोह र  नवमण्डले प्रवृत्ति भएको बताए। बैठकले अनेरास्ववियूका नेताहरुको आगामी योजना,संगठन बिस्तार गर्ने निर्णय गरेको र सो कुरा सर्कुलर मार्फत बाहिर ल्याउने कुरा अनेरास्ववियूका उपमहासचिव अशोक थापाले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *