असोज १ गतेदेखि खुल्लान काठमाडौ उपत्यकाका विद्यालयहरु ?

२७ भदौ, काठमाडौं । कोभिड-१९ को संक्रमण घटेसँगै स्थानीय तहहरुले विद्यालय खोल्न थालेका छन् । काठमाडौं उपत्यकामा पनि १ असोजदेखि जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को अनुमति लिएर विद्यालय खोल्न सक्ने भनिएको छ । त्यसका लागि भदौ मसान्तभित्र विद्यालयहरुले स्थानीयलाई र स्थानीय तहले कोरोना संक्रमणको अवस्था, विद्यालय सञ्चालनका विधिसम्बन्धी विवरण डीसीसीएमसीमा पेश गर्नुपर्ने भनिएको छ ।

मुख्य शहरी क्षेत्रमा भएका स्थानीय तहहरु कसरी विद्यालय सञ्चालन गर्ने भनेर विद्यालय, अभिभावक लगायत सरोकारवाला निकायसँग छलफल गरिरहेका जनाएका छन् ।

अन्योलमा अभिभावक

स्थानीय प्रशासनको निर्णयले अभिभावक तथा विद्यार्थी भने अन्योलमा देखिएका छन् । दशैं नजिकै आइरहेको र अधिकांश विद्यार्थीहरु गृहजिल्लामा भएकाले दशैंपछि विद्यालय खोल्न अभिभावकहरुले अनुरोध गरेको ललितपुर महानगरपालिका शिक्षा शाखाका प्रमुख महेन्द्र क्षेत्रीले बताए । उनले भने, ‘विद्यालयहरुले भौतिक दुरी कायम राखेर खोल्न पाउँ भनिरहेका छन्, तर गृहजिल्लामा भएका विद्यार्थी र उनीहरुको अभिभावक भने दशैंपछि खोल्न अनुरोध गरिरहेका छन् ।’

नेपाल अभिभावक महासंघले पनि उपत्यकाका विद्यालय खोल्न नहुने बताएको छ । महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुरका विद्यालय घना शहरी क्षेत्र भएको र अधिकांश विद्यालयमा विद्यार्थी संख्या पनि बढी भएकाले खोल्न हतार नगरौं भन्ने हाम्रो राय छ ।’

अधिकांश अभिभावक बालबालिका विद्यालय पठाउन ढुक्क नभएकाले दशैंसम्म हेर्नुपर्ने भन्दै अभिभावक महासंघले दशैंपछि माथिल्लो कक्षामा भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खोल्न सकिने बताएको छ ।

विद्यालय खोल्ने तयारीमा प्याब्सन

निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (प्याब्सन) का अध्यक्ष टीका पुरी विद्यालय सञ्चालन गर्ने तयारीका साथ छलफल भइरहेको बताए । गतवर्ष पनि कोरोना महामारीकै बीच विद्यालय सञ्चालन गरेको अनुभव रहेकाले यस वर्ष तयारीका लागि धेरै समय नलाग्ने भन्दै उनले भने, ‘विद्यालय खोल्ने तयारीका साथ भौतिक संरचनाहरु व्यवस्थित बनाइरहेका छौं । गतवर्षको अनुभव पनि भएकाले खास समस्या छैन । समय पनि धेरै लाग्दैन ।’

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सकेसम्म असोजदेखि विद्यालय खोल्ने तयारीमा रहेको उनले बताए । केही अभिभावकले भने चाडबाड नजिकिँदै गरेकाले अहिले नै विद्यालय नखोल्ने कि भन्ने भन्ने राय दिएको अध्यक्ष पुरीले बताए ।

एन प्याब्सनले भने कसरी विद्यालय सञ्चालन गर्ने भनेर अभिभावकहरुसँग छलफल भइरहेको बताएको छ । अहिलेसम्म एकदम मिश्रति प्रतिक्रिया आएको भन्दै अध्यक्ष ऋतुराज सापकोटा भन्छन्, ‘कतिपय अभिभावक अझै डराउनु भएको छ, कतिपयले चाहिं बालबालिकाको भविश्य बग्रिने भन्दै विद्यालय खोल्नुपर्छ भनिरहनुभएको छ । त्यसैले हामी कुनै निष्कर्षमा पुग्न सकेका छैनौं ।’

अनलाइन कक्षा लिने एक चौथाइ मात्र

राष्ट्रयसंघीय निकाय युनिसेफका अनुसार नेपालमा अनलाइन कक्षा प्रयोग गर्ने घरधुरी २७.५ प्रतिशत मात्र देखिएको छ । यो तथ्यांक युनिसेफ नेपालको नियमित सर्भे, चाइल्ड एन्ड फेमिली ट्याकरको २०२१ जुलाईमा गरिएको अनुसन्धानमा आधारित रहेको उसले बताएको छ ।

गत बिहीबार सार्वजनिक प्रतिवेदनअनुसार कोभिड-१९ का कारण विद्यालय बन्द हुँदा नेपालका ६३ प्रतिशत बालबालिका पाठ्यपुस्तकबाट स्वअध्ययनमा निर्भर छन् । थोरै बालबालिकाको मात्र वैकल्पिक शिक्षाका विधिमा पहुँच भएको पाइएको छ ।

एउटा मात्र उपकरण किन्न पनि संघर्ष गरिरहेका गरीब र पिछडिएका घरधुरी सबभन्दा बढी प्रभावित भएको युनिसेफको प्रतिवेदनमा उल्लेख छ । उपकरणहरू उपलब्ध हुँदा पनि तिनको प्रयोग कम भएको र ती उपकरणमा बालबालिकाको पहुँच सीमित रहेको भनिएको छ ।

बालबालिकालाई विद्यालय पठाउन खोज्ने अभिभावक बढी

अध्ययनका क्रममा अधिकांश अभिभावकले बालबालिकालाई विद्यालय पठाउन चाहेको देखिएको छ ।

देशभरिबाट प्रतिनिधित्व हुने गरी बालबालिका भएका ६ हजार ६ सय ४३ अभिभावकसँग टेलिफोनमा आधारित सर्भे गर्दा ८९ प्रतिशत अभिभावकले बालबालिकालाई विद्यालय पठाउन चाहेको बताएका छन् । झण्डै ९० प्रतिशत अभिभावकले बालबालिकाले पहिले पढेको बिर्सिएको र बिर्सन सुरु गरेको बताएका थिए ।

काठमाडौं उपत्यका र बाहिरका जिल्लामा समेत स्मार्ट लकडाउनअनुसार विद्यालय खुल्न थालेपछि सिकाइ उपलब्धि बढ्ने अपेक्षा गरेको युनिसेफले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Hacklinkbetsat
betsat
betsat
holiganbet
holiganbet
holiganbet
Jojobet giriş
Jojobet giriş
Jojobet giriş
casibom giriş
casibom giriş
casibom giriş
xbet
xbet
xbet
grandpashabet
grandpashabet
grandpashabet
İzmir psikoloji
creative news
Digital marketing
radio kalasin
radinongkhai
gebze escort
casibom
casibom
imajbet güncel
mavibet
casibom güncel giriş
casibom güncel giriş
pusulabet giriş
pusulabet
Deneme Bonusu
casibom
ultrabet güncel giriş
Kaliteli Kumar Siteleri
Deneme Bonusu
Yerli Porno Film
marsbahis giriş