१२ असोज, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट ४ वर्षीय बालकको अपहरण भएको छ । बूढानीलकण्ठका पियुष शर्मा सोमवारदेखि हराएको र खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । ‘अपहरणभन्दा पनि सँगै बस्नेसँग गएको भन्ने छ हामी खोजिरहेका छौं,’ एसएसपी सिंहले भने ।
भारतीय नागरिकका परिवार बूढानीलकण्ठको टहरामा बस्दै आएका थिए ।उनका अनुसार नजिकै बस्ने एक जना आफन्तले उनलाई लिएर गएको हुनसक्ने देखिएको छ । ‘भारत घर भएका उनी त्यतातिर गएको हुनसक्ने देखिएको छ, थप अनुसन्धान भइरहेको छ’ उनले भने, ‘विस्तृत अनुसन्धान भइरहेको छ ।’
प्रहरीका अनुसार ती आफन्तको मोबाइल पनि घरमै छ । हालसम्म उनले फिरौती वा अन्य कुनै माग राखेर परिवारलाई सम्पर्क गरेका छैनन् । उनीहरुबीच रिसिइबी रहे÷ नरहेको पनि खुलेको छैन ।
Post Views: 93