साउन २९ काठमाडौं ।
पूर्वी जापानमा अति भारी वर्षा भएको छ ।
पूर्वी जापानमा अति भारी वर्षाका कारण बाढी र पहिरो जाँदा कम्तीमा ४ जनाको मृत्यु हजारौं यात्रु नरिता विमानस्थलमा रातभर अलपत्र परेको जनाएका छन् ।
भारी पर्षका कारण सडक तथा रेल सेवा अवरुद्ध हुनुका साथै जनजीवन प्रभावित भएको अधिकारीहरूले बताएका छन्।
बिहीबार साँझ देखि परेको अत्यधिक वर्षाका कारण चिबा प्रान्तका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको थियो।
जापान मौसम विज्ञान एजेन्सीले पहिलोपटक चिबाका लागि उच्चस्तरीय भारी वर्षाको चेतावनी जारी गरेको थियो । भने मौसम अधिकारीहरूले वर्षा ‘अभूतपूर्व स्तरमा पुगिरहेको’ बताएका छन् ।
चिबाका केही स्थानमा एक घण्टामै ११५ मिलिमिटर वर्षा भएको छ । भने २४ घण्टाको अवधिमा ३६० मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ । जुन अत्यन्तै असामान्य वर्षा भएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।
इचिकावा, काशीवा र सकुरा लगायत सहरमा ४५ घर पूर्ण रूपमा बाढीमा डुबेका छन् भने अन्य ३९ घरको भुइँमुनिसम्म पानी पसेको विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।
भारी वर्षाको सबै भन्दा ठूलो प्रभाव नरिता विमानस्थलमा देखिएको र टोकियोलाई सेवा दिने प्रमुख विमानस्थल मध्ये एक नरितामा करिब ६ हजार यात्रु रातभर अलपत्र परेको जनाएको छ ।
चिबा विपद् व्यवस्थापन कार्यालयका अनुसार शुक्रबार दिउँसोसम्म विमानस्थलबाट आउने–जाने धेरै रेल सेवा समेत रद्द भएको जनाएको छ ।
