साउन २६ काठमाडौं ।
इलामका किसान अलैँची खेती तर्फ आकर्षित बन्दै गएका छन् ।
इलामको माङसेबुङ गाउँपालिका किसानले अलैँचीको मूल्य राम्रो मूल्य पाउन थाले पछि अन्नबाली फल्ने बारी मासेर अलैँचीखेती सुरु गरेका हुन् ।
माइजोगमाई गाउँपालिका–५ का किसान पनि धानखेती मासेर अलैँचीखेती विस्तार गरेका छन्। ‘आम्दानी र उत्पादनको तुलना गर्दा धानले भन्दा अलैँचीले धेरै राम्रो आम्दानी दिने भएकाले अलैँचीखेती विस्तारमा लागेको किसानले बताएका छन् ।’
धान खाद्यान्नका लागि महत्वपूर्ण भए पनि अलैँची एक पटक लगाए पछि वर्षौंसम्म उत्पादन दिने भएकाले धान रोप्ने खेतमा अलैँची लगाएको किसानले बताएका छन् ।
यतिबेला अलैँची रोप्ने मुख्य सिजन भएकाले किसानहरू यसैमा व्यस्त देखिन्छन् । खाली रहेको पाखाबारी एवं अन्नबाली हुने खेतबारीमा समेत अलैँची रोप्नमा किसानको दिनचर्या बित्ने गरेको बताएका छन् ।
अहिले जिल्लाका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत अलैँची बनेको छ । पछिल्लो समय अलैँचीको मूल्य बढेसँगै इलामका किसानहरू व्यावसायिक अलैँचीखेतीमा लागेका हुन् ।
पहिलेदेखि व्यावसायिक अलैँचीखेती गर्दै आएका किसानले खेती विस्तार गरेका छन् भने कतिपयले नयाँ खेती सुरु गरेको जनाएका छन् ।
पहिले देखि अलैँचीको खेती गर्दै आएका माइजोगमाई गाउँपालिका–५ का किसान अर्जुन भण्डारीले यस वर्ष पनि अलैँची खेती विस्तार गरेको बताएका छन् ।
खाली रहेको पाखाबारीमा अलैँची रोप्दै आएका भण्डारीले यस वर्ष धान फल्ने खेतमा समेत अलैँचीखेती विस्तार गरेको बताएका छन् ।
विगतका दिन सम्झँदै उनले भने, ‘विगतमा पाखाबारीको बागान बाट वार्षिक १० मन अलैँची उत्पादन गर्दै आएको र यस वर्ष अझ खेती विस्तार गरेको भन्दै तीन वर्ष पछि उत्पादनमा थप वृद्धि हुने अपेक्षा उनले व्यक्त गरेका छन् ।
गत वर्ष मुख्य सिजनमा प्रतिमन (४० केजी) १ लाख १५ हजार रुपैयाँसम्म किनबेच भएको अलैँची यस वर्ष प्रतिमन १ लाख रुपैयाँमा किनबेच भइरहेकाले किसानहरू अलैँचीखेती तर्फ आकर्षित भएको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाथ पौड्याल (कृष्ण) को बुझाइ छ ।
किसानको प्रयासबारे उनले भने, ‘आफ्नै जग्गामा आम्दानीमूलक नगदेबाली लगाउने र प्रतिमन १ लाख रुपैयाँमा एउटा किसानले अलैँची बेच्नु चानचुने कुरा नभएको बताउदै राम्रो आम्दानी गर्न सकिने माध्ययमको रुपमा अलैँची रहेको बताएका छन् ।
इलामका गाउँमा अलैँचीखेती गर्ने किसानको संख्या बढ्दै गएको छ । खेर गइरहेको, अन्नबाली राम्ररी नफस्टाउने, पानी बगिरहने, बढी चिस्यान, सेपिलो, ओसिलो, छाया पर्ने, भिरालो, कम गहिरो माटो भएको र कमसल जग्गामा समेत अलैँचीखेती गर्न सकिने भएकाले किसानहरू यसतर्फ आकर्षित भएको समेत बताएका छन् ।
सामान्य स्तर बाट सुरु गरेका किसानले अहिले व्यावसायिक रुपमा अलैँचीखेती विस्तार गर्न थालेका छन् । उत्पादन र मूल्य दुवै राम्रो हुँदै गएकाले किसानहरू अलैँचीखेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएका छन् ।
बजार र यातायातको राम्नाे सुबिधा हुँनुका साथै घरैबाट सहज रूपमा अलैँची बिक्री गर्न पाउने वातावरण बनेको छ । भने घरघरमा गएर व्यापारीले अलैँची किन्ने गरेकाले बजारसम्म पु¥याउने झन्झट हटे सँगै किसानले अलैँचीको मूल्य राम्रै पाउने गरेको माङसेबुङ गाउँपालिका–२ का किसान कैलाशकुमार राईले बताएका छन् ।
