जुम्लामा ४८ करोड बढी राजस्व सङ्कलन

साउन २४ काठमाडौं ।

जुम्लामा ४८ करोड बढीको राजस्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्ष २०८२,८३ मा आन्तरिक राजस्व कार्यालय जुम्लाले ४८ करोड एक लाख २२ हजार राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले उक्त आर्थिक वर्षमा रु. ६४ करोड ४८ लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ७४ दशमलव ४५ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेका अनुसार राजस्व सङ्कलनका विभिन्न शीर्षक मध्ये आयकर तर्फ रु. ३५ करोड ८१ लाख ५२ हजार, मूल्य अभिवृद्धि कर (मु.अ.कर) तर्फ रु. ९ करोड ८८ लाख ९ हजार, अन्तःशुल्कतर्फ रु.८८ लाख ५८ हजार र अन्यतर्फ रु. १ करोड ४३ लाख ३ हजार राजस्व सङ्कलन भएको बताएका छन् ।

कार्यालयले गत आवको वैशाख देखि असारसम्म ७४ पटक बजार अनुगमन गरेको र यस अवधिमा सात वटा अग्रिम करकट्टी परीक्षण, एकवटा पूर्ण कर परीक्षण, २० वटा द्रुत कर परीक्षण, १९ वटा सङ्कलन भ्रमण र पाँच पटक करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

चालु आवमा आयकर सङ्कलन अघिल्लो आवको तुलनामा केही वृद्धि भए पनि व्यापार–व्यवसायमा आएको मन्दी तथा विकास निर्माणका कार्य गर्ने सरकारी निकायमा भएको कम पुँजीगत खर्च लगायत कारणले मुल्य अभिबृद्धि कर सङ्कलनमा भने कमी आएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हालसम्म मुल्य अभिबृद्धि करतर्फ १ हजार ७५०, आयकरतर्फ १७ हजार ८४ र अन्तःशुल्कतर्फ ५६५ करदाता दर्ता भएको जनाएका छन् ।

आन्तरिक राजस्व कार्यालय जुम्लाको कार्यक्षेत्र जुम्लासहित मुगु र कालीकोट जिल्लासम्म र कार्यालयको समन्वयमा कालीकोटको तिलागुफा र रास्कोट नगरपालिका बाट समेत करदाता सेवा सञ्चालन हुँदै आएको कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *