आज सेयर बजार २६५० अंकमा कायम

साउन २२ काठमाडौं ।

आज सेयर बजार २६५० अंक कायम भएको छ ।

आज ३ अर्ब ७७ करोडको सेयर कारोबार भएको छ ।

आत्मनिर्भर लघुवित्तको मूल्य आज ८.५४ प्रतिशत, सोलु हाइड्रोको ३.९३ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२५ प्रतिशत, माइक्रोफाइनान्स ०.०१ प्रतिशत तथा व्यापार ०.१९ प्रतिशत बढ्यो ।

बैंकिङ ०.२४ प्रतिशत, विकास बैंक ०.२१ प्रतिशत, फाइनान्स ०.७० प्रतिशत, होटल तथा पर्यटन ०.२७ प्रतिशत, जलविद्युत् ०.१३ प्रतिशत र लगानी ०.१७ प्रतिशत घट्यो ।

अपर लोहोरेखोलाको ६.९३ प्रतिशत तथा आँखुखोला जलविद्युतको २.९४ प्रतिशत, जीवन बीमा ०.३१ प्रतिशत, निर्जीवन बीमा ०.२४ प्रतिशत र अन्य ०.१४ प्रतिशत घट्यो ।

आज समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै १ अर्ब ९९ करोडको, वाणिज्य बैंकहरुको ५१ करोड, उत्पादन तथा प्रशोधन २९ करोड र विकास बैंकहरुको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *