साउन २२ काठमाडौं ।
मेची भन्सार कार्यालयमा ९३.३० प्रतिशत राजस्व सङ्कलन भएको छ ।
मेची भन्सार कार्यलय राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लाग्दै कार्यालयले आर्थिक वर्ष २०८२,८३ मा लक्ष्यको ९३.३० प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
पछिल्ला चार आर्थिक वर्षमा कार्यालयको लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशत बाट बढेर ९३.३० प्रतिशतमा पुगेको मेची भन्सार कार्यालयले जनाएको छ ।
२०८२, ८३ मा रु. १८ अर्ब ८८ करोड ७७ लाख ४८ हजार ३०० राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु. १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन भएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन करिब रु.१ अर्ब ७४ करोड ६० लाखले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८१, ८२ मा कार्यालयलाई रु. १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलनको लक्ष्य दिइएकोमा रु. १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व सङ्कलन गर्दै कार्यालयले लक्ष्यको ९१.८६ प्रतिशत हासिल गरेको थियो।
आर्थिक वर्ष २०८०, ८१ मा रु. १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु.१४ अर्ब २३ करोड ५२ लाख ६० हजार राजस्व सङ्कलन अर्थात ७८.४० प्रतिशत पुगेको थियो ।
आर्थिक वर्ष २०७९. ८० मा रु. २० अर्ब २४ करोड १८ लाख ३८ हजार राजस्व सङ्कलनको लक्ष्यमा रु. १४ अर्ब ४ करोड ५९ लाख २० हजार राजस्व सङ्कलन अर्थात ७०.२१ प्रतिशत रहेको थियो ।
चार आर्थिक वर्षको तथ्याङ्कले लक्ष्य प्राप्ति दरमा निरन्तर सुधार भएको र यस अवधिमा लक्ष्य प्राप्ति ७०.२१ प्रतिशत बाट बढेर ९३.३० प्रतिशत पुगेको भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईले जानकारी दिएका छन् ।
