जेठ २८ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २७२४ अंक कायम भएको छ ।
अघिल्लो दिन ८ अंक घटेको सेयर बजार शुक्रबार ४.०० अंक घटेको छ ।
आज ४ अर्ब ३४ करोडको सेयर कारोबार भएको छ ।
निर्जीवन बीमा ०.३३ प्रतिशत, अन्य ०.१८ प्रतिशत तथा व्यापार ०.३७ प्रतिशत, सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढ्यो ।
ग्रिन डेभलपमेन्ट बैंकको १३.३१ प्रतिशत तथा हिमाल दोलखा हाइड्रोपावरको ४ प्रतिशत मूल्य बढ्यो ।
बैंकिङ ०.१२ प्रतिशत, विकास बैंक ०.१५ प्रतिशत, फाइनान्स ०.३६ प्रतिशत, होटल तथा पर्यटन ०.३७ प्रतिशत, हाइड्रोपावर ०.२५ प्रतिशत र लगानी ०.०९ प्रतिशत घट्यो ।
जीवन बीमा ०.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४९ प्रतिशत तथा माइक्रोफाइनान्स ०.३४ प्रतिशत घट्यो ।
कालिन्चोक हाइड्रोपावरको मूल्य १०.६६ प्रतिशत, सप्तकोशी विकास बैंकको ४.४३ प्रतिशत, झापा इनर्जीको ३.२५ प्रतिशत तथा घोराही सिमेन्टको ३.१२ प्रतिशत मूल्य घट्यो।
