वैशाख २५ काठमाडौँ।
भौतिक मन्त्री र जापानी राजदूत टोरु बिच भेट भएको छ।
भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि जापानका राजदूत माएदा टोरुबिच भेटवार्ता भएको हो।
आज मन्त्री लम्साल र राजदूत बिच सिंहदरबारमा भेटवार्ता भएको जनाएको छ।
भेटका क्रममा नागढुंगा सुरुङमार्ग आयोजनाको शीघ्र सञ्चालन तथा बिपी राजमार्गको पुनर्निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउने विषयमा छलफल भएको जनाएको छ।
Post Views: 3