सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

चैत १३ काठमाडौं ।

सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ।

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न बारे सरकारको निर्णय सुनाएका छन्।

आज बसेको सरकारले जेनजी आन्दोलन दमनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो।

आज बसेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिएका छन्।

सरकारले पहिलो, आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने जनाएको छ।

दोस्रो अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय भएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *