चैत ११ काठमाडौं।
बालेन शाहले शुक्रबार प्रधानमन्त्रीको शपथ लिने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते शुक्रबार मध्याह १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिने तय भएको हो।
शुक्रबार मध्याह्न १२ः३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने साइत तय भएको जनाएको छ।
प्रधानमन्त्रीको शपथ कार्यक्रममा ७ वटा शंख बाट शंखनाद गरिने, १०८ जना बटुकले स्वस्ति वाचन गर्ने र १६ जना भिक्षु बाट अष्ठमंगल पाठ गर्ने कार्यक्रम रहेको जनाएको छ।
प्रधानमन्त्रीको शपथ लिए पछि बालेन २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभारग्रहण गर्ने कार्यक्रम तया भएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन्।
रास्वपाले फागुन २१ को निर्वाचनमा झन्डै दुई तिहाइ सिट जिते पछि रास्वपाले एकल सरकार बनाउँदै छ।
Post Views: 1