चैत १० काठमाडौं।
मध्यपूर्व तनावका कारण पोखरामा पर्यटकको संख्या घटेको छ।
मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घटेको हो।
मध्यपूर्वमा जारी तनावका कारण युरोप र अमेरिका बाट आउने पर्यटकको मुख्य ट्रान्जिट दुबई, कतार र साउदी अरेबियामा समस्या भएपछि पोखरामा पर्यटक आगमन घटेको जनाएको छ।
तनावका कारण पोखरा आउने पर्यटकहरुले धमाधम होटल, ट्राभल र टे«किङ बुकिङ रद्ध गरिरहेको पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले जानकारी दिएका छन्।
मध्यपूर्वमा बढेको तनावले नेपालको पर्यटन क्षेत्र समेत प्रभावित बनाएको बताएका छन्। नेपाल आउने प्रायजसो पर्यटकले कतार, दुवई लगायतका क्षेत्र नै ट्रान्जिट बनाएर आउने भएकोले अहिले समस्या भएको जनाएका छन्।
होटल एशोसिएशन पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो ठूलो सिजनमा समेत अपेक्षाकृत पर्यटकहरु मध्यपूर्वको तनावका करण नआएको बताएका छन्।
अहिले मध्यपूर्वको अवस्थाले गर्दा नेपालमा आउने युरोपियन पर्यटकहरु नेपाल पदयात्राका लागि आउन नसकेको एशोसिएशन पोखराका अध्यक्ष सुवेदीले बताएका छन्।
पर्यटक व्यवसायी नेत्र पौडेलले इजरायल, अमेरिका र इरान बीचको युद्धका कारण पोखरामा पर्यटकीय गतिविधिका लागि हुने अग्रिम बुकिङहरु रद्ध भइरहेको बताएका छन्।
भारतीय र आन्तरिक पर्यटकको आगमन भने विगतको जस्तै राम्रो भएको सुवेदीले जानकारी दिएका छन्।