चैत १० काठमाडौं।
आज सेयर बजा नेप्से परिसूचक २९६० अंक कायम भएको छ।
सेयर बजार नेप्से परिसूचक २९६० अंक कायम भए सँगै नेप्से करिब ८ महिनाकै उच्च अंकमा पुगेको जनाएको छ।
अघिल्लो दिन १५ अर्ब ७८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ८३ करोडको सेयर कारोबार भएको छ।
व्यापार समूह सबैभन्दा धेरै ९.१२ प्रतिशत बढ्यो। तीमध्ये बजारकै सबैभन्दा शक्तिशाली कम्पनी विशाल बजारको मूल्य ९.९१ प्रतिशत बढेसँगै व्यापार समूह सबैभन्दा धेरै बढेको हो।
६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। जसमा १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्।
बैंकिङ ०.६७ प्रतिशत, विकास बैंक १.३८ प्रतिशत, फाइनान्स ०.५१ प्रतिशत, हाइड्रोपावर १.३२ प्रतिशत, लगानी ०.११ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.८६ प्रतिशत बढ्यो।
त्यस्तै होटल तथा पर्यटन समूह ०.१७ प्रतिशत, जीवन बीमा ०.३७ प्रतिशत, माइक्रोफाइनान्स ०.४६ प्रतिशत, निर्जीवन बीमा ०.३८ प्रतिशत तथा व्यापार समूह ०.१६ प्रतिशत घट्यो।
फस्र्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशत घट्यो। जसमा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.११ प्रतिशत तथा मेरो माइक्रोफाइनान्सको ४.५३ प्रतिशत मूल्य घट्यो।
आज सबै भन्दा धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, अपी पावर, एचआईडीसीएल प्रमोटर, ङादी ग्रुप र शिवम् सिमेन्ट रहेका छन्।