कच्चा तेलको मूल्य बृद्धि

चैत  १०  काठमाडौं।

कच्चा तेलको मूल्य बृद्धि भएको छ।

इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार–चढाव भइरहेको हो।

सोमबार भारी गिरावट भएको ब्रेन्ट क्रुडको (कच्चा तेल) को मूल्य आज फेरि प्रतिब्यारल १ सय अमेरिकी डलरभन्दा माथि पुगेको सञ्चार माध्ययमहरुले जनाएको छ।

आज एशियामा ब्रेन्ट क्रुड ३.७५ प्रतिशतले वृद्धि भएको जनाएको हो।

बीबीसीको अनुसार यस अघि ब्रेन्टको मूल्यमा १० प्रतिशत भन्दा बढी गिरावट आएकोमा अहिले यसको मूल्य १०३.६९ अमेरिकी डलर पुगेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा केही दिन हमला नगर्ने घोषणा गरेपछि मूल्य घटेको थियो।

ट्रम्पले इरानसँग चाँडै कुनै शान्ति सम्झौता हुन सक्ने बताए पनि इरानले शान्ति सम्झौता अस्वीकार गरेको ट्रम्पको दाबी पश्चात् तेलको मूल्य बढेको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *