जापानमा ताकाइची नेतृत्वको दललाई बहुमत्

माघ २६ काठमाडौं।
जापानमा ताकाइची नेतृत्वको दलले बहुमत् प्राप्त गरेको छ।

जापानको प्रधानमन्त्री निर्वाचनमा सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले अत्यधिक बहुमत प्राप्त गरेको हो।

आइतबार भएको निर्वाचनमा ताकाइची नेतृत्वको एलडीपीले संसदको शक्तिशाली तल्लो सदनमा सबैभन्दा धेरै सिट जितेको जनाएको छ।

जापानको निर्वाचन बारे सरकारी प्रसारक एनएचकेले सार्वजनिक गरेको नतिजा अनुसार ४६५ सदस्यीय तल्लो सदनमा एलडीपीले ३१६ सिट जितेको र जुन साधारण बहुमतका लागि आवश्यक २३३ सिटभन्दा ८३ सिट बढी रहेको बताएको छ।

पार्टीको स्पष्ट जितपछि पत्रकारहरूसँग कुरा गर्दै ताकाइचीले जिम्मेवार र सक्रिय वित्तीय नीतिमा निरन्तर जोड दिँदै आएको वित्तीय नीतिको दिगोपनलाई प्राथमिकता दिने बताएको छन्।

राजनीतिमा आउनु अघि ताकाइचीले केही समय टेलिभिजन प्रस्तोता (होस्ट) का रूपमा काम गरेकी थिइन्।

ताकाइची लैङ्गिक समानताबारे रूढिवादी दृष्टिकोण र कडा आप्रवासन नीतिका कारण परिचित रहेकी छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *