माघ १९ काठमाडौँ ।
आज राष्ट्रपति रामचन्द्र पौडेल जापान प्रस्थान गरेका छन्।
चारदिने औपचारिक भ्रमणका लागि राष्ट्रपति रामचन्द्र पौडेल जापान पुगेका हुन्।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै जापान प्रस्थान गरेको छन्।
पौडेललाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेल लगायतले स्वागत गरेका छन्।
राष्ट्रपति नेपाल र जापानबीचको कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने कार्यातालिका रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।
टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलको जापानका सम्राट् नारुहितो, जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र विदेश राज्यमन्त्री होरिइ इवाओले राजकीय शिष्टाचार भेटवार्ता गर्ने जनाएको छ।