जेठ १२ काठमाडौं।
आज बागमती प्रदेश सभाले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।
आज बागमती प्रदेशसभामा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३, ८४ को लागि नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत गर्ने भएको छ।
प्रदेशसभाको आज साँझ ५ः०० बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्ष २०८३, ८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।
प्रदेशसभामा प्रस्तुत प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) प्रस्ताव माथि पनि आजै देखि छलफल हुने जनाएको छ।
Post Views: 41
