माघ १८ काठमाडौं ।
अमेरिकाले भेनेजुएलामा कूटनीतिक नियोग पुनः सञ्चालन गर्ने तयारी गरेको छ।
अमेरिकी दूत डोगुले सामाजिक सञ्जालमार्फत आफ्नो टोली कामको लागि तयार रहेको जानकारी दिएका छन्।
सात वर्ष लामो कूटनीतिक गतिरोध अन्त्य गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा आफ्नो कूटनीतिक नियोग पुनः सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुको अनुसार अमेरिकी विशेष दूत लउरा डोगु जनवरीमा काराकास आइपुगेको जनाएकाे छ।
भेनेजुएलाका विदेशमन्त्री इभान गिलसँगको भेटमा द्विपक्षीय हित र कूटनीतिक संवादका विषयमा छलफल हुने जनाएको छ।
Post Views: 5