जमुना नाका पूर्ण रुपमा सञ्चालन

माघ १८ काठमाडौं।
नेपालगञ्जमा रहेको जमुना नाका पूर्ण रुपमा सञ्चालन भएको छ।

एक साता अघि देखि सञ्चालनमा आएको जमुनाह नाका बाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको जनाएको छ।

अध्यागमन कार्यालय, जमुनाहले तेस्रो मुलुकका नागरिकका लागि आगमन र प्रस्थान पूर्ण रुपमा सञ्चालन गरेपछि सो नाका हुँदै पर्यटकलाई आवतजावत गर्न सहज भएको अध्यागमन कार्यालय, जमुनाह, बाँकेले जनाएको छ।

अध्यागमन कार्यालय, जमुनाहकी प्रमुख दुर्गा वलीले आगमन र प्रस्थान सुरु भएसँगै दुई जना तेस्रो मुलुकका पर्यटक भारत हुँदै गएको जानकारी दिइन्।

करिब ६ वर्षको अवधिमा आगमन र प्रस्थान जमुनाह बाट सुरु भएको अध्यागमन कार्यालय, जमुनाहकी प्रमुख दुर्गा वलीले जानकारी दिएको छन्।

नेपाल हुँदै भारत जाने र भारत हुँदै नेपाल आउनका लागि जमुनाह नाका बाट निर्वाध आवतजावत गर्न मिल्ने उल्लेख गर्दै पर्यटनका क्षेत्रमा नेपालले लाभ लिन सक्ने वलीले जानकारी दिएको छन्।

वलीले तेस्रो मुलुक बाट जमुनाह नाका हुँदै आउने पर्यटक बाँके र बर्दियाका पर्यटकीय स्थलसम्म पुग्न सक्ने र त्यसबाट राजस्व सङ्कलन बढ्ने विश्वास व्यक्त गरेको छन्।

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले नाका सञ्चालनमा आएपछि सबैभन्दा बढी खुसी यहाँका व्यवसायी हुने उल्लेख गरेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *