आज अर्थतन्त्रबारे सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

पुस १६ काठमाडौं ।
आज अर्थतन्त्र बारे सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै छ।

आज स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको हो।

देशको अर्थतन्त्र उकास्ने उद्देश्यले सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना गरिएको जनाएको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)को आयोजनामा हुने संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथि रहने एफएनसिसिआईले जनाएको छ।

एफएनसिसिआईले जारी गरेको विज्ञप्ति अनुसार संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरु सहभागी हुने जनाएको छ।

संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य रहेको महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *