यस वर्ष बागलुङमा धान उत्पादन बृद्धि

मंसिर २४ काठमाडौं ।
यस वर्ष बागलुङमा धान उत्पादन बृद्धि भएको छ।

समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

कृषि ज्ञान केन्द्रको अनुसार गत वर्षको तुलनामा यसवर्ष ८४ दशमलव चार मेट्रिकटन धान उत्पादन भएको जनाएको छ।

केन्द्रको सूचना अधिकारी प्रतिभा शर्माको अनुसार अघिल्लो वर्ष २० हजार मेट्रिकटन धान उत्पादन भएकोमा यसवर्ष २० हजार ७८४.४ मेट्रिकटन धान उत्पादन भएको जनाएको हुन्।

बागलुङ धान उत्पादनमा आत्मनिर्भर नभएको र यहाँका किसानले खुमल ४, जेठो बुढो, लुम्ले २, झिनुवा, खुमल ११, खुमल बासमती १०, मार्सी, जडन लगायतका जात लगाएतको धान खेती गर्दै आएको शर्मा बताउ छिन्।

पछिल्लो समय आइब्रिड जातका धानखेती गर्न थालेका छन् भने “धानखेती तर्फ किसानको चासो बढी भएकाले अघिल्लो वर्षको तुलनामा यसवर्ष झण्डै १०० मेट्रिकटन धान बढी उत्पादन भएको जनाएको छ।

गत वर्षको तुलनामा यसवर्ष समयमै पानी पर्ने र जरा कुहिने रोगले पनि कम क्षति गर्दा उत्पादन बढेको जनाएको छन्।

बागलुङमा ४६ हजार १४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार ५ सय २३ हेक्टर क्षेत्रफलमा मात्र खेती हुँदै आएको छ । ६ हजार १ सय ४८ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा रहेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *