पूर्वी नाका काँकरभिट्टाबाट २४ अर्ब बढीको कृषिजन्य वस्तु आयात

भदौ ७ काठमाडौं ।

पूर्वी नाका काँकरभिट्टा बाट २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ ।

पूर्वी नाका काँकडभिट्टा बाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको हो ।

आर्थिक वर्ष २०८२, ८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेश बाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी रु २४ अर्ब २६ करोड ७४ लाखको कृषि उपज सामग्री नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहले कताएका छन् ।

आयातित कृषि वस्तुमध्ये सबैभन्दा ठुलो हिस्सा खाद्यान्न र दलहनको रहेको सिंहले बताउका छन् ।

भारत बाट रु. २४ करोड २३ लाख १३ हजारको चामल र कोदो रु.१८ करोड ८३ लाख, अष्ट्रेलिया र भारत बाट रु. १८ करोड २७ लाख ९९ हजारको १ हजार ९९६ मेट्रिकटन चना आयात भएको छ ।

रु. १० करोड ८८ लाख ५४ हजार बराबरको अष्ट्रेलिया बाट ७९६ मेट्रिकटन मासको दाल भित्रिएको कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ ।

ताजा तरकारीतर्फ भारत बाट उल्लेख्य मात्रामा गोलभेडा, काँक्रा, भेडे खुर्सानी, र फर्सी आयात भएको छ । एक वर्षको अवधिमा रु. १४ करोड ३९ लाख ६६ हजारको गालेभेडा, रु.७ करोड ९० लाख ६४ हजारको काँक्रा र खुर्सानी रु.३ करोड २४ लाख ३५ हजारको आयात भएको तथ्याङ्क छ ।

फलफूलतर्फ भारत र चीन बाट स्याउ, भुइँकटर, तरबुजा र नासपाती मुख्य रूपमा भित्रिएका छन् । भारत र चीन बाट रु. २९ करोड ५९ लाख ७२ हजारको स्याउ र भारतबाट तरबुजा रु. १४ करोड २४ लाख ८१ हजारको आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *