भदौ ८ काठमाडौं ।
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग अस्ट्रेलियाका राजदूत साइमन बीच शिष्टाचार भेट भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि अस्ट्रेलियन राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेट गरेका हुन् ।
ऋाज राजदूत साइमनले सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट भएको छ ।
भेटका क्रममा दुई देश बीचको आपसी सम्बन्ध, हित, सहकार्य र संसदीय अनुभव आदानप्रदान लगायतका विषयमा छलफल भएको जनाएको छ ।
भेटमा अध्यक्ष दाहालले नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई सेवा सञ्चालन सम्बन्धी निर्णय कार्यान्वयनका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन् ।
नेपाल र अस्ट्रेलियाबीचको लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ र मजबुत हुने विश्वास समेत व्यक्त गरेका छन् ।
कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र अस्ट्रेलिया बीच सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले दुई देशबीचको द्विपक्षीय तथा अन्तर्राष्ट्रिय स्तरमा कुनै असमझदारीका विषय नरहेको बताएका छन् ।
संघीय संसदले नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूह स्थापना गरेको जानकारी दिँदै अध्यक्ष दाहालले संसदीय अनुभव आदानप्रदान, नियमित अन्तरक्रिया तथा द्विपक्षीय भ्रमणले दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
भेटमा राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेटका लागि धन्यवाद व्यक्त गर्दै आफ्नो नेपाल बसाइँमा दुई देशबीचको सम्बन्धलाई अझ निकट र बलियो बनाउन कोशिस गरिरहने बताएका छन् ।
