कात्तिक २७ काठमाडौं ।
अमेरिकामा लामो समय देखि भएको सटडाउन अन्त्य भएको छ।
बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय खर्च विधेयकमा हस्ताक्षर गरेसँगै इतिहासकै लामो ४३ दिने ’सटडाउन’ अन्त्य भएको हो।
सेप्टेम्बरको अन्त्यदेखि अमेरिकामा सटडाउन भएको थियो। आर्थिक वर्षको अन्त्यपछि नयाँ आर्थिक वर्षको बजेट पारित नभए सरकारी खर्च बन्द हुन्छ। त्यसलाई सटडाउन भनिन्छ।
अमेरिकाको माथिल्लो सदन सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ बाट विधेयक पारितमा ढिलाइ हुँदा लामो समयसम्म सरकारले खर्च गर्न सकेको थिएन।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको अनुसार सटडाउन हुँदा संघीय कर्मचारीहरूलाई तलब खुवाउन समस्या परेको थियो। भने सरकारी कार्यालयहरू बन्द हुने अवस्थामा पुगेको जनाएको छ।
प्रतिनिधिसभाले अत्यावश्यक सेवा पुनः सञ्चालन, सरकारी कर्मचारीको तलब भुक्तानी र हवाई यातायात प्रणाली पुनर्जीवित गर्ने निर्णय पारित गरेको छ।
विधेयक पारित भएपछि करिब ८ लाख संघीय कर्मचारीहरू आज देखि काममा फर्कनेछन्।