साउन १२ काठमाडौँ ।
नेपालमा एमसीसीले निरन्तरता पाएको अर्थ मन्त्रालयद्धारा पुष्टि गरेको छ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको कार्यक्रमाले नेपालमा निरन्तरता पाउने भएको अर्थमन्त्रालयले सूचनामार्फत जानकारी दिएको हो।
गतसाता अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) लाई निर्बाध रूपमा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ।
अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको छ।
५० करोड डलर बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलर योगदानले नेपालको विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवद्र्धनमा टेवा पुर्योउने जनाएको छ।
Post Views: 7