साउन ११ काठमाडौं ।
इजरायलले गाजामा खाद्यान्न आपूर्ति अवरुद्ध गर्दा सयौं नागरिक भोकमरीको चपेटामा परेका छन्।
२२ महिना सम्म चलिरहेको इजरायल–हमास युद्धका कारण बालबालिकाहरू नुन खाएर भोक मेट्न बाध्य भएका हुन्।
भोकमरीका कारण हालसम्म १२४ जनाको मृत्यु भइसकेको तीमध्ये ८१ जना बालबालिका रहेका छन्। भने जुलाई महिनामै भोकका कारण ४० जनाको मृत्यु भएको मध्ये १६ बालबालिको मुत्यु भएको छन्।
स्थानीय सञ्चारकर्मीहरुको रिपोर्टिङ अनुसार ५० ग्रामको बिस्कुटको मूल्य एक हजार रुपैयाँभन्दा बढी पर्ने, नगद पैसा झिक्नका लागि ४५ प्रतिशतसम्म कमिसन दिनुपर्ने र बालबालिका लगायतका मानिसहरू नुन चाट्दै पानी पिएर पेट भर्नुपर्ने बाध्यत्मक अवस्थामा रहेको बताएका छन्।
Post Views: 7