वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा

असोज ५ काठमाडौँ ।

वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

रथ निर्माण, सरसफाइ तथा आवश्यक तयारीका काम हुनुको साथै दरबार क्षेत्रका काष्ठमण्डप, कुमारी घर, शिव–पार्वती मन्दिर लगायत सम्पदामा रङरोगन गर्ने तथा रातो ध्वजा फेर्ने काम भइरहेको जनाएको छ ।

इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यका अनुसार जात्राका लागि आवश्यक अधिकांश तयारी पूरा भइसकेको हुँदा ‘‘इन्द्रजात्रालाई सभ्य र भव्य तरिकाले सञ्चालनका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँग ३१ गुठी खलः आबद्ध रहेको जनाएका छन् ।

शान्ति सुरक्षाका लागि नेपाल प्रहरी निकायसँग छलफल गरिसकेको अध्यक्ष शाक्यले बताएका छन् । भने, ‘‘इन्द्रजात्रा राष्ट्रिय पर्व भएकाले जात्रा हेर्ने अन्तर्राष्ट्रिय पर्यटक धेरै हुने बताएका छन् ।

विशेष गरेर नेवार समुदायमा विशेष महत्त्व राख्ने इन्द्रजात्रा काठमाडौँ उपत्यका सहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायतका स्थानमा परम्परागत रूपमा मनाइने परम्परा रहेको छ ।

जात्राका क्रममा हनुमानढोकामा इन्द्रध्वजा सहितको लिङ्गो ठड्याउने गरिन्छ लिङ्गो ठड्याउने धार्मिक विधिलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ भने लिङ्गोको फेदमा भैरवको पूजा गर्ने परम्परा छ ।

इन्द्रजात्राको अवसरमा हनुमानढोकास्थित गद्दी बैठक बाट राष्ट्रपतिले जीवित देवीका रूपमा पुजिने श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा रहि आएको अध्यक्ष शाक्यले बताएका छन् ।

इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने जात्रामा विभिन्न परम्परागत भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक मानिने पुलुकिसी नाच इन्द्रजात्राका बेला प्रस्तुत गरिने प्रमुख आकर्षण रहेको अध्यक्ष शाक्यले बताएका छन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *