यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

असार ३१ काठमाडौं ।
आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भएको छ। अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १९ पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ४२ पैसा र बिक्रीदर १०० रुपैयाँ ८६ पैसा, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५६ पैसा र बिक्रीदर १६१ रुपैयाँ २६ पैसा तोकिएको छ।

युके पाउण्डस्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७३ रुपैयाँ १६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २० पैसा र बिक्रीदर १०७ रुपैयाँ ६७ पैसा कायम भएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ।

चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, थाइभाट एकको खरिददर चार रुपैयाँ २४ पैसा र बिक्रीदर चार रुपैयाँ २६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा तोकिएको छ।

त्यस्तै मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४ रुपैयाँ ३९ पैसा कायम भएको छ।

डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६१ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ४१ पैसा रहेको छ।

बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ५९ पैसा र विक्रीदर ३५८ रुपैयाँ १५ पैसा, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *