वैशाख २७ काठमाडौं ।
आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटका लागि बहराइनसँग नेपाल खेल्दै छ। थाइल्याण्डमा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले बहराइनसँग खेल्दै छ।
आज विहान पौने ८ बजेदेखि नेपाल र बहराइनबीचको खेल तेरथाइ क्रिकेट सुरु भएको छ। खेलको प्रत्यक्ष प्रसारण आइसीसी टिभीमा हेर्न सकिने छ।
नेपालले बहराइनसँग हालसम्म २ पटक खेल्दा २ पटक नै जितेको छ। नेपालले बहराइनलाई एकपटक १४ रनमा तथा एकपटक ३१ रनमा अलआउट गरेको छ।
९ टोलीबीच हुने यस प्रतियोगिताबाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन्। ९ टोलीलाई तीन समूहमा विभाजित गरिएको छ र हरेक समूहमा रहने ३ टोलीबीचमा डबल राउण्ड रोबिन लिग हुने छ।
लिग चरणपछि हरेक समूहमा शीर्ष स्थानमा रहने टोली सुपर ३ मा पुग्ने छन्। त्यस सुपर ३ बाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन्।
नेपालको टोली ः इन्दु बर्मा (कप्तान), पुजा महतो, बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, रुबी पोदार, राजमती ऐरी कविता कुँवर, सबनम राई, इश्वरी विष्ट, मनिषा उपाध्यया र रिया शर्मा छन्।
प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत छन्। नेपाल समूह सी मा हङकङ र बहराइनसँग छ।