दोस्रा अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन चितवनमा सुरु

वैशाख १८ काठमाडौं ।
दोस्रो अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन चितवनमा सुरु भएको छ। आज देखि चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा सुरु भएको हो।

नेपाल, अमेरिका, नर्वे, भारत लगायत देशका मानसिक स्वास्थ्यको क्षेत्रमा कार्य गरिरहेका विज्ञहरूको सहभागीमा ‘समुदायका लागि समुदायसँग मानसिक स्वास्थ्यमा सहकार्य’ भन्ने नाराका साथ तीन दिनसम्म चल्ने जनाएको छ।

सम्मेलनमा मनोरोग विशेषज्ञ, मनोविद्, मनोसामाजिक कार्यकर्ता, स्वास्थ्य क्षेत्रका विज्ञ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, सामाजिक संघसंस्था र स्वास्थ्य शिक्षाका विद्यार्थी सहभागी रहेका छन्।

चितवन मेडिकल कलेजका मानसिक रोग विशेषज्ञ डा. खगेन्द्र काफ्लेका अनुसार सम्मेलनमा ६० भन्दा बढी प्रस्तुति तथा शोधपत्रहरू प्रस्तुत गरिने बताएका छन्।

देशमा भइरहेका अध्ययन तथा कामका सिकाइलाई एकै थलोमा भेला भएर छलफल गर्ने र ति सिकाइलाई नेपालको मानसिक स्वास्थ्यको क्षेत्रमा बन्ने नीति तथा कार्यक्रमहरुको लागि सहयोगी हुने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको आयोजकले बताएको छ।

सम्मेलनको उद्घाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राजधानी मेडिकल सिटी चितवनमा सम्मेलन हुनु सुखद पक्ष भएको बताएको छिन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *