फागुन २५ काठमाडौं ।
सिरियाली सेना र असदका लडाकु बीच टार्टसको तटीय क्षेत्रमा झडप भएको छ। सिरियाली सेना र पूर्व राष्ट्रपति बसर अल–असदका लडाकुहरूबीच लताकिया र टार्टसको तटीय क्षेत्रहरूमा द्वन्द्व सुरु भएको हो।
स्रोतको अनुसार सुरक्षाबलले एक व्यक्तिलाई पक्राउ गर्न खोज्दा झडप सुरु भएको जनाएको छ। झडप पछि सरकारले लताकिया र टार्टसमा ठूलो संख्यामा सेना तैनाथ गरेको छ। साथै, कफ्र्यू लगाउने आदेश पनि दिइएको छ।
दुई दिनमा भएको द्वन्द्वमा १८० भन्दा बढीको मृत्यु र ३०० भन्दा बढी व्यक्ति घाइते भएको जनाएको छ। द्वन्द्वग्रस्त क्षेत्र रुसी नियन्त्रित एयरबेसको नजिक रहेको छ।
सिरियाली सरकारले असदप्रति वफादार लडाकुहरूले सुरक्षा बलमाथि आक्रमण गरेपछि हिंसा भड्किएको जनाएको छ। यसैबीच असदका लडाकुहरूले सुरक्षा बलमाथि आवासीय क्षेत्रहरूमा बमबारी गरेको आरोप लगाएका छन्।
Post Views: 28