आज संसदीय समितिका बैठक बस्दै

माघ ६ काठमाडौं ।
आज संसदीय समितिको बैठक बस्दै छ। संघीय संसद अन्तर्गत तीनवटा संसदीय समितिका बैठक बस्ने भएको हो।

संसद सचिवालयको अनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, विधायन व्यवस्थापन समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको (संयुक्त) बैठक बस्न लागेको जनाएको छ।

राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समिति (संयुक्त) समितिको बैठक सिंहदरबारमा बस्दै छ।

बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन (आ.व. २०७९,०८०) का सम्बन्धमा छलफल हुने कार्यसूची छ।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *