कात्तिक ५ काठमाडौं ।
माल्दिभ्सविरुद्ध नेपालको गोल नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्स विरुद्ध ११–० गोल फराकिलो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलले एक्लैले पाँच गोल गरेको थिईन् भने प्रीति राईले पनि ह्याट्रिक गरिन्। सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक–एक गोल गरेको छन्।
यस साफ वुमन्स च्याम्पियनसिपमा पहिलो जीतपछि दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बी मा शीर्ष स्थानमा उक्लेको छ।
लगातार दुई खेल हारेपछि माल्दिभ्सको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ।
Post Views: 52